७ औं बकैया कप महिला पुरुष प्रतियोगिता बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल द्वारा उद्घाटन

बकैया दर्पण संवाददाता
२८ पुष २०८२, सोमबार २२:५३

बकैया,मकवानपुर । ७ औँ बकैया कप महिला तथा पुरुष फुटबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोह बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै, बकैया गाउँपालिकाका १२ वटै वडाका वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका अध्यक्षहरू, विभिन्न विद्यालयका प्रतिनिधिहरू तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले बकैया रंगशाला निर्माणका लागि आफू पदमा नरहेकै अवस्थामा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ग्रामीण क्षेत्रमा खेलकुदको विकासका लागि सबैको साझा पहल आवश्यक रहेको बताउनुभयो।

बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले हालसम्म समितिले हासिल गरेका उपलब्धिहरूको जानकारी गराउँदै सहयोग गर्ने संघ–संस्थाहरूलाई धन्यवाद दिनुभयो। साथै, आगामी दिनहरूमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको उहाँको भनाइ थियो।


त्यस्तै, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले खेलकुदलाई अझ सुदृढ बनाउन युवाहरूलाई सचेत गराउँदै लागूपदार्थ तथा अन्य दुर्व्यसन रोकथाममा बकैया खेलकुद विकास समितिले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो। यसका लागि गाउँपालिकाले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।


७ औँ बकैया कप प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकाससँगै युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*