बागमती–३ गढनमा दोस्रो ल्होछार कप: दोस्रो दिन दुई खेल सम्पन्न

बकैया दर्पण संवाददाता
२६ पुष २०८२, शनिबार २१:११

मकवानपुर,बागमती – बागमती गाउँपालिका वडा नं–३ गढनमा सञ्चालित दोस्रो ल्होछार कप फुटबल प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन दुई खेल सम्पन्न भएका छन्।

आजको पहिलो खेल बागमती गाउँपालिका वडा नं–७ र वडा नं–१ माझगाउँबीच भएको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बागमती वडा नं–१ माझगाउँले लगातार दुई गोल गर्दै वडा नं–७ लाई २–० ले पराजित गरेको छ। यस जितसँगै माझगाउँ दोस्रो चरणमा प्रवेश गरेको छ।

त्यस्तै, आजै सम्पन्न दोस्रो खेल झुरझुरे युवा क्लब र भोर्लेनी युवा क्लबबीच भएको थियो। निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएपछि खेल ट्राइब्रेकरमा गएको थियो। ट्राइब्रेकरमा झुरझुरे युवा क्लबले ३ गोल गर्दा भोर्लेनी युवा क्लबले २ गोल मात्र गर्न सफल भयो। यससँगै झुरझुरे युवा क्लब अर्को चरणमा प्रवेश गरेको छ भने दोस्रो ल्होछार कपमा भोर्लेनी युवा क्लबको यात्रा यहीँ टुंगिएको छ।


भोलि हुने खेलमा पहिलो खेल गुम्बा टोल र प्रदेश प्रहरी टोलीबीच दिउँसो १ बजे हुने छ भने दोस्रो खेल आयोजक (बी) टोली र बागमती वडा नं–८ युवा क्लबबीच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ।


आजको खेलका प्रमुख अतिथि दोस्रो ल्होछार कपको उपविजेताका लागि प्रायोजन सहयोग गर्नु भएका समाजसेवी लवाङ लोप्चन रहनु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*