पौष २८ गतेदेखि ७ औँ बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका भोलि २३ गते ११ बजे सर्वजानिक हुँदै

बकैया दर्पण संवाददाता
२२ पुष २०८२, मंगलवार १४:३१

बकैया,मकवानपुर – मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा आयोजना हुने ७ औँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता आगामी पौष २८ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिताको फाइनल खेल माघ ५ गते ल्होछारको दिन सम्पन्न हुने आयोजक समितिले जनाएको छ।

यसैक्रममा प्रतियोगिताको खेलतालिका पौष २३ गते बिहान ११ बजे सार्वजनिक गरिने भएको छ।बकैया युवा तथा खेलकुद विकास समितिका संयोजक विजय लामा थिङका अनुसार खेलतालिका सार्वजनिक कार्यक्रम बकैया दर्पणमा प्रत्यक्ष (Live) प्रसारण गरिनेछ।

स्थानीय तहमा खेलकुदको विकास, युवाहरूलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने तथा आपसी सद्भाव र भाइचारा प्रवर्द्धन गर्ने उद्देश्यले बकैया कप आयोजना हुँदै आएको आयोजक समितिको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*