बागमती–३ मा दोस्रो ल्होछार कप–२०८२ फुटबल प्रतियोगिता हुने
मकवानपुर । तामाङ समुदायको महान सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा दोस्रो ल्होछार कप–२०८२ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिता ल्होछार कप फुटबल प्रतियोगिता आयोजक समिति, बागमती–३ मकवानपुरको आयोजनामा हुन लागेको हो।
प्रतियोगिताको उद्घाटन २०८२ साल पौष २५ गते हुने छ भने माघ १ गते समापन गरिने आयोजकले जनाएको छ। खेलहरू सहिद स्मृति खेल मैदान, गढनमा सञ्चालन हुनेछन्।
प्रतियोगितामा विजेता टिमले नगद ६० हजार रुपैयाँ, उपविजेताले नगद ३० हजार रुपैयाँ, साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधागत पुरस्कारहरूको पनि व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमहरूले पौष २३ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने आयोजक समितिले जनाएको छ। यस प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै खेलकुदको विकास र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने विश्वास आयोजकको छ।
उक्त प्रतियोगिताको मुख्य प्रायोजक ३ नं. वडा कार्यालय, कुटीमकारी, मकवानपुर रहेको छ। थप जानकारीका लागि ९८४०७९११०७ र ९८६४०४९९३८ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
