बकैयामा खुला ५ किमि दौड सम्पन्न, दिपक रावल प्रथम
मकवानपुर,बकैया – बकैया गाउँपालिकामा आज पौष १९ गते खुला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। हात्तीखोला युवा क्लबको आयोजनामा तथा वडा नम्बर ७ कार्यालयको सहकार्य र बकैया एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ रहनु भएको थियो। प्रतियोगितामा करिब ५० खेलाडी सहभागी भएका थिए।खुला ५ किमि दौडमा दिपक रावलले १५ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे।
दोस्रो नागेश्वर अहिर र तेस्रो भुपेन्द्र सुनार भएका छन्। विजेताहरूलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
