मकवानपुरमा अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार

बकैया दर्पण संवाददाता
१६ पुष २०८२, बुधबार १२:३५

मकवानपुर — मकवानपुर जिल्लामा अवैध रूपमा नदिजन्य पदार्थ (ढुंगा तथा बालुवा) उत्खनन्, ओसार–पसार तथा ओभरलोड गरी सञ्चालन गरिरहेका सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ।
मिति २०८२ साल पौष १४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा अनुगमन तथा चेकजाँच गर्ने क्रममा अवैध गतिविधिमा संलग्न १० वटा टिप्पर र ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अनुमति विना नदिजन्य पदार्थ उत्खनन् एवं ओसार–पसार गर्नुका साथै तोकिएको भन्दा बढी भार बोकी सवारी साधन सञ्चालन गरेको पाइएपछि ती सवारीसाधनहरूलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनका नम्बरहरू यसप्रकार रहेका छन्:
ना ७ ख ६३९२,
बा.प्र.०३-००१ ख १४६५,
बा.प्र.०३-००१ ख १४६४,
प्र.२-०३-००१ ख ३७८७,
बा.प्र.०३-००१ ख ३७०७,
बा.प्र.०३-००१ ख ३५७९,
बा.प्र.०३-००१ क ०४७१,
ना ८ ख ४३२४,
बा.प्र.०३-००१ ख १२००,
ना ७ ख २६६७,
लु.५ त. ४०,
बा.प्र.०३-००१ त ५०,
ना ६ त ११६२।
प्रहरीले अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारले वातावरणीय क्षति, नदी प्रणालीमा असर तथा दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाइ गरिने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*