थिङ थेमेको प्रथम राष्ट्रिय प्रारम्भिक भेला पुष २६ र २७ गते काठमाडौंमा हुने

बकैया दर्पण संवाददाता
१६ पुष २०८२, बुधबार ०७:३४

काठमाडौं । थिङ थेमे समुदायलाई एकताबद्ध गर्दै वंश, पहिचान र स्वाभिमानको संरक्षण तथा उत्थान गर्ने उद्देश्यका साथ थिङ थेमेको प्रथम राष्ट्रिय प्रारम्भिक भेला आयोजना हुने भएको छ।
थिङ थेमे वंश उत्थान अभियान / तयारी समितिको आयोजनामा हुन लागेको उक्त भेला वि.सं. २०८२ पुष २६ गते शनिबार र २७ गते आइतबार काठमाडौंको साहित्य सदन नेपाल, बौद्ध, रामहिटी चोक मा सञ्चालन हुने जानकारी आयोजकले दिएका छन्।

“अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस भेलाले थिङ थेमे समुदायको जरा, वंश र पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। आयोजकका अनुसार थिङ थेमे वंश केवल एउटा थर नभई समुदायको ऐतिहासिक पहिचान र सामूहिक स्वाभिमानको प्रतीक हो।
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण थिङ थेमे दाजुभाइ तथा दिदीबहिनीहरूलाई भेलामा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ। कार्यक्रममार्फत वंश उत्थानका भावी योजना, एकता सुदृढीकरण र पहिचान संरक्षणका विषयमा छलफल हुने आयोजक समितिले जनाएको छ।
“थिङ थेमे अब एक भएर, पहिचान र वंश उत्थानको यात्रामा अगाडि बढौँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस राष्ट्रिय भेलालाई भव्य र सफल बनाउन सबैको सहभागिता आवश्यक रहेको आयोजकको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*