बकैया–७ मा जीवन विकास लघुवित्तद्वारा श्रद्धाञ्जली तथा ऋण मिनाहा कार्यक्रम

बकैया दर्पण संवाददाता
११ पुष २०८२, शुक्रबार १९:०७

बकैया मकवानपुर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुनेलीले बकैया गाउँपालिका वडा नं. ०७ मा सञ्चालनमा रहेका केन्द्रका सदस्यका श्रीमानहरूको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
केन्द्र नं. ०६ का सदस्य श्री रोजिता माझीका श्रीमान् युवराज माझी, श्री देविका माझीका श्रीमान् सन्तलाल माझी तथा केन्द्र नं. ०८ की सदस्य श्री कविता माझीका श्रीमान् केशव बहादुर माझी को निधनप्रति संस्था गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको हो।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै जीवन विकास लघुवित्तले उहाँहरूको स्मृतिमा प्रत्येकको नाममा १/१ वटा आँप र १/१ वटा लिचीको बोट रोपण गरेको छ। साथै, सदस्यहरूको नाममा लगानीमा रहेको कूल ऋण रकम रु. ५,६८,००० पूर्ण रूपमा मिनाहा गरिएको संस्थाले जनाएको छ।
त्यसैगरी, काजक्रिया खर्च सहयोग स्वरूप प्रत्येक परिवारलाई रु. १०,००० का दरले आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।
संस्थाले दुःखको घडीमा सदस्य र परिवारजनको साथमा रहने प्रतिबद्धता जनाउँदै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*