छैटौं बागमती अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि बकैया र गोदावरी फाइनलमा आमनेसामने

बकैया दर्पण संवाददाता
११ पुष २०८२, शुक्रबार ०६:४५

ललितपुर — छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०८२ अन्तर्गतको फाइनल खेल आज गोदावरी नगरपालिका र बकैया गाउँपालिकाबीच हुने भएको छ। प्रतियोगिताको फाइनल खेल पौष ११ गते बिहान ११:०० बजे सुरु हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गोदावरी र बकैया दुवै टिम फाइनलमा प्रवेश गरेका हुन्। सेमिफाइनल चरणमा दुवै टोलीले प्रतिस्पर्धी टिमलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका थिए।
बागमती गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगिताले स्थानीय तहबीचको खेलकुद विकास, आपसी सम्बन्ध सुदृढीकरण र खेलाडीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाई छ ।

फाइनल खेललाई लिएर दुवै टोलीका खेलाडी तथा समर्थकमा उत्साह उच्च रहेको छ। विजेता टिमले छैटौं बागमती अध्यक्ष कपको उपाधि सहित ट्रफी हात पार्नेछ भने उपविजेता टिमले सान्त्वना पुरस्कार प्राप्त गर्नेछ।
आयोजकले खेल प्रेमी दर्शकलाई मैदानमा उपस्थित भई फाइनल खेलको प्रत्यक्ष अवलोकन गरी खेलाडीको हौसला बढाउन आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*