बकैया–११ मा पौष १० देखि १२ गतेसम्म वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने
बकैया, मकवानपुर । बकैया गाउँपालिका वडा नं–११ खेलकुद विकास समितिको आयोजनामा पौष १० गतेदेखि १२ गतेसम्म वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। उक्त प्रतियोगिता बकैया–११ स्थित कालिदमार खेल मैदानमा आयोजना गरिनेछ।
खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ। प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरू आगामी पौष २८ गते आयोजना हुने बकैया कप फुटबल प्रतियोगितामा वडा नं–११ को प्रतिनिधित्व गर्दै सहभागी हुनेछन्।
श्री जनहित आधारभूत विद्यालय, बकैया–११ कालिदमार का प्रधानाध्यापक शंकर कुमार घालान ले प्रतियोगिताबारे जानकारी दिँदै स्थानीय स्तरमै खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यस्ता प्रतियोगिताले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्नेछ।
स्थानीय खेलकुदको विकास र प्रतिभा छनोटलाई प्राथमिकतामा राखेर आयोजना हुन लागेको यस प्रतियोगितालाई सफल बनाउन वडा खेलकुद विकास समिति तयारीमा जुटेको जनाएको छ।
