पुस ११ गतेदेखि वडा नं. ७ मा वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु हुने

बकैया दर्पण संवाददाता
८ पुष २०८२, मंगलवार २१:३४

मकवानपुर,बकैया – वडा नं. ७ वडा खेलकुद विकास समितिको आयोजनामा पुस ११ गतेदेखि वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु हुने भएको छ। यस वर्षको प्रतियोगिता भिर्कोट खेल मैदानमा सञ्चालन गर्ने तयारी भइरहेको समितिका संयोजक अशोक कुमार लोप्चनले जानकारी दिनुभएको छ।

उहाँका अनुसार प्रतियोगिताको तयारीका लागि समय कम भएकाले वडा भित्र रहेका क्लब तथा टिमहरूलाई पत्राचार गर्न केही ढिला भएको हो। पुस २८ गतेदेखि सुरु हुने सातौँ बकैया कप फुटबल प्रतियोगिताको तयारी स्वरूप उक्त वडास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागिएको बताइएको छ।

वडास्तरका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नुका साथै बकैया कपको तयारीलाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*