बागमती अध्यक्ष कपमा बकैया गाउँपालिकाको दमदार प्रदर्शन, सेमिफाइनल प्रवेश सुनिश्चित
ललितपुर – ललितपुर जिल्लाको बागमती गाउँपालिकाद्वारा आयोजित छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगितामा बकैया गाउँपालिका खेलकुद विकास समितिले लगातार दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै बकैया गाउँपालिकाले लिग चरणमै आफ्नो स्थान मजबुत बनाएको हो। लगातार दुई जितसँगै सेमिफाइनल यात्रा तय भएसँगै खेलाडी, प्रशिक्षक तथा समर्थकहरूमा उत्साह थपिएको छ।
यसैबीच, लिग चरणको अन्तिम खेल भोलि दिउँसो १ बजे गोदावरी नगरपालिका, ललितपुरसँग हुने तालिका रहेको छ। सेमिफाइनल प्रवेश सुनिश्चित भइसके पनि उक्त खेललाई बकैया गाउँपालिकाले प्रतिष्ठाको खेलका रूपमा लिँदै उत्कृष्ट प्रदर्शन गर्ने तयारी बकैया गाउँपालिकाको खेलकुद बिकस समितिको संयोजक बिजय लामा थिङले बताउनु भएको हो।
स्थानीय खेलकुदको विकास र युवाहरूको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस प्रतियोगितामा बकैया गाउँपालिकाको सफलताले स्थानीयवासीमा खुशी छाएको
