बकैया–७ माटोकोरीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक कक्षा तेस्रो
मकवानपुर,बकैया – आज मिति २०८२ साल पुस महिनाको ०८ गते मंगलबार बकैया गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वडा नम्बर ७ माटोकोरीमा सञ्चालन भइरहेको २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको तेस्रो सत्र सम्पन्न भएको छ।
उक्त कक्षामा वडा नम्बर ७ का स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरूका परिवार सदस्यहरूको सहभागिता रहेको थियो। कक्षामार्फत सहभागीहरूलाई वैदेशिक रोजगारीसँग सम्बन्धित वित्तीय व्यवस्थापन, बचतको महत्व, सुरक्षित आप्रवासनका उपाय तथा मनोसामाजिक सहयोगका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा वित्तीय साक्षरता सहजकर्ता अन्जना दाहाल र रिटर्नी प्रशिक्षक नवराज दुलालले सहजीकरण गर्नुभएको थियो। सहभागीहरूले कक्षा उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिँदै आगामी सत्रहरूमा पनि निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
