हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यको बिदाइ

बकैया दर्पण संवाददाता
७ पुष २०८२, सोमबार १८:५४

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यको सरुवासँगै ‘बिदाइ तथा फेरि भेटौंला’ कार्यक्रम आयोजना गरी उहाँलाई औपचारिक रूपमा बिदाइ गरिएको छ।

बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले आचार्यको कार्यकालमा सुशासन प्रवर्द्धन, प्रशासनिक सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। अध्यक्ष वाइबाले उहाँको आगामी कार्यकाल सफल रहोस् भनी शुभकामना समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आचार्यको कार्यशैली, इमान्दारिता र जिम्मेवारीबोधको प्रशंसा गर्दै भावी यात्राका लागि शुभेच्छा व्यक्त गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*