बकैया–८ मा आगोले पोलेर ५ वर्षीया बालिका घाइते
मकवानपुर,बकैया – मकवानपुरको बकैया गाउँपालिका–८ शिशिर दमारमा आगोले पोलेर एक ५ वर्षीया बालिका घाइते भएकी छन्।
जिल्ला चितवन राप्ती नगरपालिका–१ लोथर घर भई हाल बकैया–८ मा रहेको कुखुरा फर्ममा काम गर्दै आएका दिलबहादुर प्रजाकी छोरी सोनिया प्रजा आगो ताप्ने क्रममा घाइते भएको प्रहरीले जनाएको छ।
घटना मिति २०८२ साल ०९ महिना ०७ गते बिहान करिब ९ बजे भएको हो। कुखुरा फर्मको कम्पाउन्डभित्र आगो तापेर बसिरहेका बेला आमाबाहिर गएको अवस्थामा अचानक बालिकाको कपडामा आगो सल्किँदा छाती र घाँटीमा पोलेको बताइएको छ।
घाइते बालिकालाई उनकी आमा सानुमाया प्रजाले उपचारका लागि दिउँसो करिब १२ बजे हेटौँडा अस्पताल पुर्याएकी थिइन्।
अस्पतालका अनुसार बालिकाको अवस्था हाल मध्यम रहेको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी हात्तिसुडे मकवानपुरबाट प्रहरी टोली खटिएर घटनास्थल पुगेर थप बुझाइ गरिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी हात्तिसुडेदेखि करिब ५ किलोमिटर पूर्वतर्फ पर्दछ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
