बकैया गाउँपालिका महांकालमाथि ४–० को शानदार जित

बकैया दर्पण संवाददाता
७ पुष २०८२, सोमबार १२:४५

ललितपुर – छैठौँ अध्यक्ष कप बागमती गाउँपालिका,ललितपुर द्वारा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत हिजो आइतबार  सम्पन्न खेलमा बकैया गाउँपालिकाले महांकाल गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको छ।

खेल सुरु भएको १६ सेकेन्डमै बकैया गाउँपालिकाका कप्तान अभिषेक भोलनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि पनि आक्रामक खेल प्रदर्शन गर्दै उनले २०औँ मिनेटमा दोस्रो गोल गरी आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरे।

दोस्रो हाफमा पनि बकैया गाउँपालिकाको दबदबा कायमै रह्यो। खेलको ५१औँ मिनेटमा सूजन गुरुङले तेस्रो गोल गरे भने ५८औँ मिनेटमा विशाल भोलनले चौथो गोल गर्दै टिमको जित सुनिश्चित गरे।


उत्कृष्ट प्रदर्शन गरेका सूजन गुरुङलाई म्यान अफ द म्याच घोषित गर्दै नगद ३,००० रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
बकैया गाउँपालिकाको यो जितसँगै प्रतियोगितामा टोलीको मनोबल थप उच्च भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*