बकैया–९ कुडुलेमा आगलागी, घर पूर्णरूपमा जलेर नष्ट
मकवानपुर,बकैया- बकैया गाउँपालिका वडा नं. ९ कुडुलेमा आज दिउँसो करिब १: ३० बजेको समयमा आगलागी हुँदा सोमार सिङ थिङका छोरा प्रकाश थिङको घर जलेर पूर्णरूपमा नष्ट भएको छ।
आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
घटनाबारे बकैया गाउँपालिका वडा नं ९ श्री कालिदेबि माध्यमिक बिद्यालयका ब्यबस्थापक समितीका अध्यक्ष कुलमान जिम्बा कर्मले जानकारी दिनु भएको हो। आगलागीपछि स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ।
घटनाबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाइएको छ।
