शिखरपुरमा METTA Volunteers को सहयोगमा कालीदेवी माविका विद्यार्थीलाई ट्र्याकसुट वितरण

बकैया दर्पण संवाददाता
२८ मंसिर २०८२, शनिबार १७:२०

मकवानपुर,शिखरपुर । शनिबार शिखरपुरस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा METTA Volunteers संस्थाको सहयोगमा ट्र्याकसुट वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ईसीईडीदेखि कक्षा १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई ट्र्याकसुट वितरण गरिएको हो।

 

कार्यक्रममा विद्यालयका अभिभावकहरू, प्रधानाध्यापक हिराकाजी लामा, सहायक प्रधानाध्यापक दिल बहादुर गोले, अन्य शिक्षकहरू, वडा नम्बर ९ का सदस्य यज्ञ बहादुर घले, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलमान जिम्बा तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी METTA Volunteers संस्थाका स्वयंसेवक गौतम महर्जन, राहुल महर्जन, पुष्पा तामाङ र शंकर आविको प्रधानाध्यापक चन्द्र लामाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

विद्यार्थीहरूको शैक्षिक तथा शारीरिक विकासमा सहयोग पुग्ने विश्वासका साथ आयोजना गरिएको यस कार्यक्रमप्रति विद्यालय परिवारले METTA Volunteers संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*