मकवनपुर क्षेत्र नं.१ काँङ्ग्रेसकाे वडा सभापति भेला सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १, मकवानपुरको वडा सभापति भेला सम्पन्न भएको छ। १५ औं महाधिवेशन केन्द्रित साे भेलामा क्रियाशिल नविकरण र नयाँ क्रियाशिलकाे विषयमा छलफल भएकाे छ ।
नेपाली काँङ्ग्रेस मकवानपुर सभापति वुद्ध लामाकाे प्रमूख आतिथ्य र क्षेत्रिय सभापति दामाेदर खनालकाे अध्यक्षतामा सम्पन्न भेलामा वडा सभापतिहरूकाे वाक्लाे उपस्थिति रहेकाे थियाे ।
भेलाले केन्द्रिय समितिकाे परिपत्र अनुसार क्रियशिलका विषयमा छलफल गरेर निर्धनरित समयमा नै काम सक्ने सहभागी नेताहरूले वताएका छन्। कार्यक्रममा वागमती प्रदेश सदस्यहरू र जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूकाे समेत उपस्थिती रहेकाे थियाे ।
