बकैया–६ मा बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २६औँ साधारण सभा सम्पन्न

बकैया दर्पण संवाददाता
२८ मंसिर २०८२, शनिबार ०६:४४

बकैया (मकवानपुर): बकैया गाउँपालिका वडा नं. ६ स्थित सुधा–जुइना क्षेत्रमा रहेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २६औँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।

सभाको अध्यक्षता बाघभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर भोम्जनले गर्नुभएको थियो भने प्रमुख अतिथि बकैया गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जन रहनुभएको थियो। विशेष अतिथिका रूपमा छतिवन सब–डिभिजनका स्पन्दन सत्यालको उपस्थिति रहेको थियो।

त्यसैगरी सभामा समाजसेवी सुसान भोम्जन, बाघसिं भोम्जनलगायत विभिन्न अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वार्षिक प्रतिवेदन समूहका अध्यक्ष टेकबहादुर भोम्जनले प्रस्तुत गर्नुभएको थियो। स्वागत मन्तव्य समूहका उपाध्यक्ष टेकबहादुर माझीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समूहकी सचिव याङरि डोल्मा लामाले गर्नुभएको थियो।

सभामा वन संरक्षण तथा व्यवस्थापन कार्ययोजनाबारे छलफल गरिएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*