बकैया–७ मा अन्तर विद्यालय हाजिरी जवाफ सम्पन्न, माटोकोरी आधारभूत विद्यालय प्रथम
बकैया (मकवानपुर) : श्री तिनकन्या आधारभूत विद्यालय बकैया–०७, कत्लेखोलाको आयोजनामा बकैया गाउँपालिका वडा नं. ७ स्तरीय अन्तर आधारभूत तह (कक्षा १–५) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा वडा नं. ७ भित्रका ७ वटा विद्यालय सहभागी रहेका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै श्री माटोकोरी आधारभूत विद्यालय, बकैया–०७ हर्दा प्रथम स्थान हासिल गर्न सफल भएको माटोकोरी आधारभुत बिद्यालयका प्रधानाध्यापक शिब प्रसाद बोलखेले जानकारी दिनु भएको हो ।

उक्त सफलताप्रति माटोकोरी आधारभूत विद्यालयका विद्यार्थी भाइबहिनीहरू तथा सम्पूर्ण शिक्षक–कर्मचारीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको छ। आयोजकले यस्ता शैक्षिक कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

