बकैया–६ फुटबल: चौथो वडा स्तरीय पुरुष नकआउट प्रतियोगितामा RFC सुधा एफसी (A) विजयी
मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं–६ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि RFC सुधा एफसी (A) जुनेली बस्ती ले हात पारेको छ।
आज भएको फाइनल खेलमा RFC सुधा एफसी (A) ले उत्कृष्ट प्रदर्शन गर्दै जुइना एफसीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। रोचक र प्रतिस्पर्धात्मक बनेको खेलमा सुधा एफसीले सुरुदेखिनै आक्रामक प्रदर्शन गर्दै खेलमा आफ्नो पकड बनाएको थियो।
समापन समारोहमा वडा नं–६ का वडा अध्यक्ष फुलमान भोम्जन प्रमुख अतिथि, कार्यपालिका सदस्य लोकेन्द्र माझी विशिष्ट अतिथि, र विभिन्न स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व बकैया वडा नं–६ खेलकुद विकास समितिका अध्यक्ष फुल्दोस भोम्जनले गर्नुभएको थियो।
खेलकुद विकास समितिद्वारा आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आयोजकले धन्यबाद व्यक्त गरेको छ।
