बकैया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत अन्तरक्रिया तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

बकैया दर्पण संवाददाता
२५ मंसिर २०८२, बुधबार २१:१९

मकवानपुर,बकैया – बकैया गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय तहका सरोकारवालाहरू, महिला अधिकारकर्मी, जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि तथा सुरक्षाका निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका दौरान लैङ्गिक हिंसा रोकथाम, सचेतना अभिवृद्धि, समुदायस्तरमै प्रतिकार्य निर्माण तथा महिला–बालिकाको अधिकार संरक्षणका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले समुदायमा देखिने विभिन्न प्रकारका हिंसाका रूप, यसको रोकथामका उपाय तथा प्रभावकारी नीति–व्यवहारका बारेमा आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए।

अन्त्यमा अभियानमा सहयोगी तथा सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई प्रमाणपत्र वितरण गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
बकैया गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सामाजिक रूपान्तरणका कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*