बकैया वडा नं – ६ को चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा जुइना  एफ सि र RFC सुधा (A) फाइनलमा

बकैया दर्पण संवाददाता
२५ मंसिर २०८२, बुधबार २०:४३

मकवानपुर बकैया – बकैया गाउँपालिका वडा नं.–६ मा मंसिर २२ गतेदेखि सञ्चालनमा रहेको चौथो वाडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका दुई रोचक खेल सम्पन्न भएका छन्।

पहिलो सेमिफाइनलमा RFC सुधा (A) ले भालुखोला एफ सि लाई ३–१ गोलको अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो। निर्धारित समयमा नै उत्कृष्ट प्रदर्शन गर्दै RFC सुधा (A) ले सहज जित गर्दै फाईनल प्रवेश गरेको हो ।

तेस्तै, दोस्रो सेमिफाइनलमा जुइना एफ सि ले जस्पाल एफ सि लाई २–१ गोलको अन्तरले पराजित गर्दै जुइना एफ सि फाईनल प्रवेश  गरेको छ ।

प्रतियोगिताका विजेताले रु. २५ हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु. १५ हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद विकास समितिले जनाएको छ।

अब भोलि हुने फाइनल खेलमा जुइना एफ सि र RFC सुधा (A) बीच उपाधिका लागि भोलि दिउँसो १ बजे  भिड्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*