बकैया–६ नकआउट फुटबल प्रतियोगिताको भोलिदेखि सेमिफाइनल खेल सुरु

बकैया दर्पण संवाददाता
२४ मंसिर २०८२, मंगलवार २०:०३

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं ६ खेलकुद विकास समितिद्वारा आयोजना गरिएको चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ को आज दोस्रो दिनका तीनै खेलहरू सम्पन्न भएका छन्।

पहिलो खेलमा जुइना एफसी ले ठूलोसुधा एफसी लाई निर्धारित समयमा २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।

दोस्रो खेलमा भालुखोला एफसी ले गडुवन विरुद्ध १–० को जित निकाल्दै अर्को सेमिफाइनल टिकट हात पार्‍यो।

आजको अन्तिम खेलमा जस्पाल एफसी ले उत्कृष्ट प्रदर्शन गर्दै RFC सुधा (B) लाई ५–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो। हिजो भएको उद्घाटन खेलमा सत्तले एफ सिलाई हराउँदै  RFC सुधा (A) सेमिफाइनल प्रबेस गरेको थियो ।

आजका खेलहरूमा वडा नं ६ का अध्यक्ष फुलमान भोम्जन, खेलकुद विकास समितिका संयोजक फुल्दोज भोम्जन, समाजसेवी सुसान भोलोन, र कर्म प्राप्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन दहाल सहितको उपस्थिति रहेको थियो।

भोलि हुने सेमिफाइनल खेलको दिउँसो १ बजे RFC सुधा (A) र भालुखोला एफसी लागि र दिउँसो ३ बजे: जुइना एफसी र जस्पाल एफसी  फाईनलको लागि प्रतिस्पर्धा गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*