बकैया–६ फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल हुँदै

बकैया दर्पण संवाददाता
२४ मंसिर २०८२, मंगलवार ०७:००

मकवानपुर,बकैया — बकैया गाउँपालिका वडा नम्बर ६ खेलकुद विकास समितीद्वारा आयोजित चौथो पुरुष नकआउट फुटबल प्रतियोगिता आज दोस्रो दिन प्रवेश गरेको छ। आज मैदानमा तीन वटा खेल हुने कार्यक्रम रहेको छ।

दिउँसो १२ बजे हुने पहिलो खेलमा गडुवनभालुखोला आमनेसामने हुनेछन्। त्यसपछि १:३० बजे दोस्रो खेलमा जुइनाठुलोसुधा भिड्नेछन्। आजकै अन्तिम खेल ३ बजे निर्धारित छ, जहाँ जस्पालRFR सुधा (B) बीच प्रतिस्पर्धा हुने वडा नं -६ का खेलकुद बिकस समितिका संयोजक फुल्दोस भोम्जनले जानकारी दिनुभएको छ ।

हिजो भएको उद्घाटन खेलमा भने RFR सुधा (A) विजयी बनेको थियो। प्रतियोगिता बकैया– ५ को कर्मचुली खेलग्रामको खेलमैदानमा जारी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*