बकैया–६ मा चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा RFC सुधा (A) विजयी
मकवानपुर,बकैया – बकैया गाउँपालिका–६ मा मंसिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। उद्घाटन खेलमा RFC सुधा (A) ले सात्तले FC लाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ।
निर्धारित समयभर प्रभावशाली प्रदर्शन गरेका RFC सुधा (A) का खेलाडी परिबेश वाइबा ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। यस वर्षको प्रतियोगितामा ८ वटा टिम सहभागी छन्।

उद्घाटन समारोहमा वडा नं. ६ का अध्यक्ष फुलमान भोम्जन प्रमुख अतिथि रहनुभयो। साथै, बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङ, त्रीबेणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोतिलाल सिङार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति उल्लेखनीय थियो।
आयोजक समितिका अनुसार प्रतियोगिता मंसिर २५ गतेसम्म निरन्तर सञ्चालन हुनेछ।
