मुख्यमन्त्री बानियाद्वारा बागमती–खानिखोला क्षेत्रमा निर्माणाधीन योजनाको स्थलगत निरीक्षण

बकैया दर्पण संवाददाता
२३ मंसिर २०८२, सोमबार १५:५६

मकवानपुर बागमती – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानिया आज मकवानपुरको बागमती गाउँपालिका पुगेका छन्। बिहान करिब ११ बजे गाउँपालिका कार्यालय पुगेपछि उनले बागमती गाउँपालिका र काभ्रेको खानिखोला गाउँपालिका क्षेत्रमा निर्माणाधीन विभिन्न विकास योजनाहरूको स्थलगत अवलोकन गरे।

निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाले झुरझुरे–ज्यामिरे जोड्ने पक्की पुल र जनमुक्ति मार्गअन्तर्गत पर्ने बागमती–खानिखोला जोड्ने सिग्रेदोभान पक्की पुलको प्रगति बारे जानकारी लिए। उनले निर्माण कार्यमा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै तोकिएको समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।

उक्त निरीक्षण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ, स्थानीय जनप्रतिनिधि तथा भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री बानियाले बागमती गाउँपालिका, खानिखोला तथा महाभारत क्षेत्रमा सञ्चालनमा रहेका विकास योजनाहरूले स्थानीय जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले निर्माण कार्यको गति अझै तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*