बकैया वडा नं–६ को चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल आजदेखि सुरु हुने

बकैया दर्पण संवाददाता
२३ मंसिर २०८२, सोमबार ०६:३१

मकवानपुर, बकैया— बकैया गाउँपालिका वडा नं–६ खेलकुद विकास समितिद्वारा आयोजित चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता आज सोमबार मंसिर २२ गतेदेखि सुरु भएको छ। प्रतियोगिता मंसिर २५ गते फाइनल खेलसँगै सम्पन्न हुने टाइसिट सार्वजनिक गरिएको  छ।

यस वर्षको फुटबल प्रतियोगिता बकैया गाउँपालिका वडा नं–५, कर्मचुलीस्थित कर्मचुली खेलग्राममा आयोजना गरिएको छ, जहाँ प्याराफिट सहितको मैदान भएकोले दैनिक ठूलो संख्यामा दर्शकको उपस्थितिको अपेक्षा गरिएको छ।

आजको उद्घाटन खेलमा RFC सुधा (A)सत्तले बीच प्रतिस्पर्धा हुने छ। प्रतियोगितामा विभिन्न टोल तथा क्लबहरू बाट ८ टिअको  सहभागिता रहेकोछ।

खेलकुद विकास समितिका अनुसार प्रतियोगिताले स्थानीय युवामा खेल चेतना बढाउने, नयाँ प्रतिभा पहिचान गर्ने र आपसी एकता तथा सौहार्द मजबुत बनाउने उद्देश्य बोकेको छ।

समितिले खेलप्रेमी सबैलाई मैदानमा उपस्थित भई खेलाडीहरूलाई उत्साह बढाइदिन आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*