जीवन विकास लघुवित्त जुनेली शाखामा पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मकवानपुर,बकैया – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जुनेलीको केन्द्र नम्बर ०१ मा आज पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख फुलमाया लुङबाले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बकैया गाउँपालिका–६ का वडा अध्यक्ष श्री फूलमान भोम्जन रहनुभएको थियो।

बिशिष्ट अतिथिको रुपमा जीवन विकास लघुवित्त वित्तीय संस्था, मकवानपुरका जिल्ला प्रमुख सुजन कुमार मण्डल उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा जुनेली शाखाका शाखा प्रमुख अविनाश रौनियार, केन्द्र वरिष्ठ प्रमुख विष्णुमाया भोम्जन, केन्द्र उप–प्रमुख सन्तमाया स्याङतान तथा कार्यक्रम सञ्चालक सागर कार्कीले आफ्नो–आफ्नो भूमिका निर्वाह गर्नुभयो।
केन्द्र नम्बर ०१ का सम्पूर्ण सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमकै क्रममा २ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा जाडोबाट बच्ने न्यानो कपडा प्रमुख अतिथि श्री भोम्जनबाट वितरण गरिएको शाखा कार्यालयले जानकारी दिएको छ।
कार्यक्रमले वित्तीय साक्षरता तथा सदस्यहरूको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
