१ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ

बकैया दर्पण संवाददाता
२२ मंसिर २०८२, आईतवार १७:२९

मकवानपुर — मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।  गत मंसिर १९ गते साँझ करिब ५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा गरिएको नियमित चेकजाँचका क्रममा उनीहरूलाई समातेको हो।

बिरगंजबाट हेटौंडातर्फ आइरहेको बा.प्र. ०६–००१ ज ०१९१ नम्बरको EV गाडी चेकजाँच गर्ने क्रममा शंका लागेर प्रहरीले सवार दुई जनाको खानतलासी गर्दा १ ग्राम ५६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा २३ वर्षका पाल्पा रामपुर–८ का  मनिष ठकुरी (स्मारिका) र २५ वर्ष कास्की रुपा–५ का  सन्जित नेपाली (रचना) रहेको छ ।

उनीहरूले उक्त पदार्थ लुकाइ–छिपाई राखेको अवस्थामा भेटिएपछि दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
घटनासम्बन्धमा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*