बकैया–३ जलजलेमा न्यानो कपडा तथा स्टेशनरी वितरण

बकैया दर्पण संवाददाता
२२ मंसिर २०८२, आईतवार ०९:१३

मकवानपुर, बकैया — बकैया गाउँपालिका–३ जलजलेमा विद्यार्थीहरू लक्षित न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। ज्ञान ज्योती आधारभुत बिद्यालयकि शिक्षाका रञ्जिता तिमल्सिनाको पहलमा सञ्चालित उक्त कार्यक्रमबाट ज्ञानज्योति आधारभूत विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन्।

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछने, उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल, स्थानीय बुद्धिजीवी, विद्यालय व्यवस्थापन समिति लगायतको उपस्थिति रहेको थियो।

त्यससँगै कपडा तथा तयारी पोशाक व्यवसायी संघ हेटौंडाका अध्यक्ष दिपेन्द्र बानियाँ, पूर्व अध्यक्ष समीर लाल डंगोल, तथा उपाध्यक्ष मधुसुदन अर्यालको विशेष आतिथ्यताले कार्यक्रमलाई अझै भव्य बनाएको थियो।

विद्यार्थीलाई चिसो मौसममा सहज अध्ययन वातावरण बनाउन उद्देश्य राखी गरिएको वितरण कार्यक्रममा सहभागी अभिभावक तथा शिक्षकहरूले ज्ञान ज्योती आधरभुत बिद्यालयका शिक्षिका रञ्जिता तिमल्सिनाको सामाजिक योगदानप्रति आभार व्यक्त गरेका छन्।

सहयोग, सहकार्य र सामुदायिक सक्रियतामा आधारित यो पहलले विद्यार्थीको दैनिक शैक्षिक जीवनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*