बकैया –४ वडा स्तरीय नकआउट फुटबल : हातेमालो (A) जुरेली र सृजना युवा क्लब रातोथली फाइनलमा

बकैया दर्पण संवाददाता
२० मंसिर २०८२, शुक्रबार २०:३९

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं–४ खेलकुद विकास समितिको आयोजनामा जारी वडा–स्तरीय नकआउट पुरुष फुटबल प्रतियोगितामा आज तेस्रो दिनका दुई सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्।

पहिलो सेमिफाइनलमा बकैया रिभर साइड अजिङ्गरेहातेमालो (A) जुरेली बीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। निर्धारित समयको खेलमा २–१ गोल अन्तरले हातेमालो (A) जुरेली विजयी हुँदै फाइनलमा स्थान बनाउन सफल भयो।
उक्त खेलको म्यान अफ द म्याच हातेमालो (A) जुरेलीका क्याप्टेन, जर्सी नं. ७ दिपेश माझि घोषित भए।

 

दोस्रो सेमिफाइनलमा हातेमालो (B) जुरेलीसृजना युवा क्लब रातोथली बीच प्रतिस्पर्धा भयो। निर्धरित समयको खेलमा ३–१ को जित निकाल्दै सृजना युवा क्लब रातोथली फाइनलमा प्रवेश गरेको छ।
यो खेलको म्यान अफ द म्याच सृजना युवा क्लबका जर्सी नं. ३० सुनिल भुलोन घोषित भए।

अब फाइनल खेल भोलि सनिवार दिउँसो २ बजे हुने छ, जहाँ
हातेमालो (B) जुरेली सृजना युवा क्लब रातोथली
बीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*