खैरो हेरोइन जस्तो पदार्थसहित ३ जना पक्राउ

बकैया दर्पण संवाददाता
२० मंसिर २०८२, शुक्रबार १०:२०

मकवानपुर, २०८२ मंसिर १८ — हेटौंडा उपमहानगरपालिका–३ लेवटचोकस्थित एक कोठामा लागुऔषध सेवन भइरहेको भन्ने विशेष सूचनाको आधारमा बसामाडी लेवट प्रहरी चौकीबाट खटिएको टोलीले ३ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले कोपिला मिश्राको घरमा डेरा गरी बसेको कोठामा चेकजाँच गर्दा प्लास्टिकको पाऊचमा राखिएको खैरो हेरोइन जस्तो देखिने लागुऔषध २ पुरिया फेला परेको छ। तौल गर्दा सो पदार्थ ८ ग्राम ४० मिलिग्राम भएको पुष्टि गरिएको छ।

पक्राउ पर्नेमा फडिन्द्र राज पुरी, उमेर ४०, हेटौंडा–३ लेवट ,सुवास खत्री, उमेर ४०, मूल घर बकैया–७ छतिवन, हाल हेटौंडा–१९ सानान्टार र विनोद तिवारी, उमेर ३४, मूल घर मनहरी–५ हाडिखोला, हाल हेटौंडा–११ नवलपुरका रेहेका छन ।

प्रहरीले लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*