पुरुष नकआउट फुटबलको दोस्रो दिन चार टिम सेमिफाइनल प्रवेश
मकवानपुर,बकैया – बकैया गाउँपालिका–४ वडा खेलकुद विकास समितिद्वारा आयोजित वडा–स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन तीन वटा खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा श्रीजना युवा क्लब रातो थलीले सगरमाथा युवा क्लबलाई ५–१ ले पराजित गर्दै श्रीजना युवा क्लब रातो थली सेमिफाइनल प्रवेश गर्यो। यो खेलको म्यान अफ दि म्याच जर्सी नम्बर ४७ का युबराज भोलन घोषित भए।

दोस्रो खेलमा हातेमालो (A) जुरेलीले नव नमुना युवा क्लब ठूलो थलीलाई ३–१ ले पछि पार्दै अन्तिम चारमा स्थान बनायो। यस खेलका म्यान अफ दि म्याच हातेमालो (A)जुरेलीका जर्सी नम्बर ५ का दिपन माझी बने।

तेस्तै अन्तिम खेलमा बकैया रिभर साइड अजिङ्गरेले सोबि युवा क्लबलाई ३–० ले हराएको छ। खेलमा बकैया रिभर साईड अजिङ्गरेका जर्सी नम्बर ११ का उमेश संजेलले ह्याट्रिक गोल गर्न सफल भएका थिए। उनी नै खेलका म्यान अफ दि म्याच बने।

भोलि हुने सेमिफाइनल खेल दिउँसो १ बजे हातेमालो (A)जुरेलीvsबकैया रिभर साइड अजिङ्गरे र दिउँसो २ बजे हातेमालो (B) जुरेली vs श्रीजना युवा क्लब बिच फाईनलका लागि प्रतिस्पर्धा गर्नेछ ।
