बकैया–४ गोठखोलामा स्थानीय युवाद्वारा सडक सरसफाइ

बकैया दर्पण संवाददाता
७ मंसिर २०८२, शनिबार १३:०२

बकैया (मकवानपुर) – बकैया गाउँपालिका वडा नं. ४ गोठखोलाका जीवन लामा र बिनोद धितालको सकृयतामा शनिबार बिदाको समयमा स्थानीय युवाहरूले गाउँको सडक सरसफाइ गरेका छन्।
गाउँलाई सफा र सुंदर राख्ने उद्देश्यले गरिएको अभियानमा सडकको दुबै छेउका फोहोर हटाइएर सरसफाइ गरिएको थियो।

उक्त कार्यक्रममा सहभागी स्थानीय युवा तथा महिलाहरूमा
जिवन लामा,
विनोद धिताल,
सुनिल घिसिङ,
रमेश पुडासैनी,
कृष्णराज घिसिङ,
मनोज धिताल,
विवेक भोम्जन,
प्रमिला लामिछाने,
दिनेश घिमिरे
र सन्जु स्याङतान—रहेका थिए।

स्थानिय युवाहरूले आगामी दिनहरूमा पनि यस्ता सामुदायिक गतिविधि निरन्तर जारी राख्ने जीवन लामाले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*