बकैया–४ सिमात पुलमा मोटरसाइकल–इभि दुर्घटना, दुई जना घाइते

बकैया दर्पण संवाददाता
७ मंसिर २०८२, शनिबार १२:०६

बकैया (मकवानपुर) – बकैया गाउँपालिका वडा नं. ४ सिमात पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार रौतहट जिल्ला, यमुनामाई गाउँपालिका निवासी सेक जम्सेर द्वारा चलाइएको मोटरसाइकल (ना ३२ प ९५०६) र हेटौडा–५ निवासी हत्तिम अन्सारी द्वारा चलाइएको इभी (प्रदेश ३-००१-ज ०८९८) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। ओभरटेकको कारण दुर्घटना भएको इभिमा सवार यात्री जानकारि दिए ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति सामान्य घाइते भएका छन्। उनीहरू अहिले नजिकैको सन्चो मेडिकलमा उपचार गराइरहेका छन्। इभीमा भने कुनै क्षति भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*