भम्फेदी–८ बगुवामा औषधी बोकेको ट्रक पल्टिँदा सडक अबरुद्ध

बकैया दर्पण संवाददाता
७ मंसिर २०८२, शनिबार ०७:२२

मकवानपुर । मिति २०८२।०८।०६ गते बिहान करिब ५ बजे मकवानपुरको भम्फेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा औषधी लोड गरिएको ट्रक दुर्घटना भएको छ।

बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक ब्रेकफेल भई अनियन्त्रित रूपमा पल्टिएको हो। दुर्घटनामा चालक जितपुर सिमरा–१, बारा निवासी ४० वर्षीय विनोद माझी सकुशल रहेका छन् र प्रहरी सम्पर्कमा छन्।

ट्रक सडकमै पल्टिएर बसेकोले सडक पूर्ण रूपमा अबरुद्ध बनेको छ।
इ.प्र.का. ठिंगनबाट प्र.स.नि. रमाकान्त प्रसाद यादवको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको छ। ट्रक हटाई सडक सञ्चालनमा ल्याउने काम जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल इ.प्र.का. ठिंगनबाट करिब ८ किलोमिटर उत्तर पर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*