STAN बकैयाको पहिलो बैठक तथा कार्यशाला जनक माबीमा सम्पन्न
बकैया, मंसिर ४। बिज्ञान शिक्षक समाज (STAN) बकैयाको पहिलो बैठक तथा कार्यशाला आज जनक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। कार्यशालामा बिज्ञान विषयको सिकाइ उपलब्धि कसरी बढाउने, प्रश्नपत्र तयार गर्दा देखिने कठिनाइ र समाधान, तथा गाउँपालिका भित्र शैक्षिक एकरुपता जस्ता महत्त्वपूर्ण विषयमा विस्तृत छलफल भयो। साथै STAN बकैयाको भावी कार्ययोजना बारे पनि शिक्षकहरूले आफ्ना सुझावहरू राखेका थिए।


कार्यक्रम STAN बकैयाका अध्यक्ष धन बहादुर लामाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उपाध्यक्ष श्याम यादव, सचिव कल्पना गोले, कोषाध्यक्ष हिरा लाल जिम्बा, सह–सचिव राजेन्द्र इटनी सहित बकैया गाउँपालिकाका विभिन्न विद्यालयका विज्ञान शिक्षकहरूको सहभागिता थियो।
बैठकले विज्ञान शिक्षाको गुणस्तर वृद्धि गर्दै विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन आगामी दिनमा थप संयुक्त कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको छ।
