माटोकोरी आधारभूत विद्यालय बकैया–७ मा २५औँ अभिभावक भेला तथा पुरस्कार वितरण सम्पन्न
(बकैया)मकवानपुर । बकैया गाउँपालिका–७, हर्दास्थित श्री माटोकोरी आधारभूत विद्यालयले २५औँ अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष पवन सङ गुरुङको सभाध्यक्षता तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। इस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन मकवानपुरका कार्यक्रम संयोजक बुद्ध लामा विशेष अतिथि रहनुभयाे।
कार्यक्रममा विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, सामुदायिक वन उपभोक्ता समिति, टोल विकास समिति, पूर्व बी.बि.स तथा PTA पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममार्फत विद्यालयले नियमितता पुरस्कार, कक्षागत उत्कृष्टता पुरस्कार, कक्षा ८ उत्तीर्ण विद्यार्थीलाई नगद छात्रवृत्ति, कक्षा ८ मा उत्कृष्ट नतिजा दिलाउने विषयगत शिक्षक पुरस्कार, ‘क्या बि पर्व’ संचित गर्ने शिक्षकलाई नगद पुरस्कार, उत्कृष्ट अभिभावक पुरस्कार तथा विभिन्न सहयोगी संस्थालाई सम्मानपत्र प्रदान गरेको विद्यालयले जनाएको छ।
यसबाहेक इस्थर बेन्जामिन संस्थाले आयोजना गरेको अभिभावक हाजिरी–जवाफ प्रतियोगितामा करिब ६० जना अभिभावक पुरस्कृत भएका छन्।
विद्यालयले अभिभावकको सक्रिय सहभागिताका कारण शिक्षाको गुणस्तर सुधारमा यसले थप सहकार्य र उत्साह बढाएको बताएको छ।
