मकवानपुरमा अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न स्काभेटर र टिप्पर नियन्त्रण
मकवानपुर — इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार–पसारमा संलग्न दुई सवारीसाधन नियन्त्रणमा लिएको छ।
मिति २०८२।०८।०१ गते मकवानपुरको हेटौडा उपमहानगरीपालिका–१९ क्षेत्रमा अनुसन्धानका क्रममा बा २ क ५१६६ नं.को स्काभेटर र ना ८ ख ८८९७ नं.को टिप्पर अवैध उत्खननमा प्रयोग भएको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै सवारीसाधनलाई आवश्यक कारबाहीका लागि हेटौडा उप–महानगरपालिकाको कार्यालयमा पठाइएको र सो प्रकरणमा रु. ५४,२७३ जरिवाना गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले अवैध उत्खननविरुद्धको निगरानी थप कडाइका साथ जारी राख्ने जनाएको छ।
