मकवानपुर बकैयाका खैरो हिरोइनसहित एक व्यक्ति पक्राउ
(बकैया) मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१८, ठुलोदमार स्याउली बजार नजिकबाट खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो ४:०५ बजे धरान–चतरा सडकखण्डमा चेकजाँचका लागि खटिएको प्रहरी टोलीले बा.प्र. ०३–००५ प ३१०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा बकैया–४, छतिवनका ३९ वर्षीय सोमबहादुर थोकरको साथबाट ४ ग्राम ९४० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध लगायत मोटरसाइकलसमेत बरामद गरी उनलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका थोकरविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी मकवानपुर जिल्ला अदालतबाट अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
