मकवानपुर — सुनाचुरीमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला

बकैया दर्पण संवाददाता
३ मंसिर २०८२, मंगलवार १०:२२

बकैया (मकवानपुर) – मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।मंगलबार  बिहान करिब ८:३० बजे स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन्।

घटनाबारे जानकारी पाएपछि प्रहरी  चौकीका प्रहरी हवलदार शम्भु नारायण साहको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको र स्थानलाई सुरक्षित गरिएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान तथा मुचुल्का उठाउन इलाका प्रहरी कार्यालय मनहरीबाट प्रनानि दिपक थापाको कमाण्डमा SOCO सहितको टोली पनि खटिएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करीब ३ किलोमिटर पूर्व र इप्रका मनहरीबाट झण्डै ७ किलोमिटर पश्चिम पर्ने बताइएको छ।

घटनासम्बन्धी थप विवरण भने प्रहरीद्वारा संकलन भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*