मकवानपुरमा खैरो हिरोइन र फलामको रडसहित व्यक्ती पक्राउ

बकैया दर्पण संवाददाता
३ मंसिर २०८२, मंगलवार ०६:४६

मकवानपुर, २०८२ मंसिर २ ।
मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा खैरो हिरोइनसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा सोमबार  साँझ करिब ८ बजे गरिएको चेकजाँचका क्रममा सोही स्थानका ३७ वर्षीय हर्कबहादुर क्षेत्रीको साथबाट ७ ग्राम ५४० मिलिग्राम तौलको (प्लास्टिकसहित) खैरो हिरोइनजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाको बसोबास स्थान (कोठा)बाट थप खोजतलास गर्दा २ थान फलामको रड पनि फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटना स्थल प्रहरी कार्यालयबाट करिब २ किलोमिटर दक्षिणतिर पर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*