बकैया गाउँपालिकाले करार कर्मचारीको सेवा सम्झौता रद्द गरेको सूचना
( बकैया )मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकाले भू–सम्बन्धी समस्या समाधानका लागि कार्यरत प्राविधिक कर्मचारी (सर्वेक्षक, अमिन र लागत प्रतिसेचक) को सेवा सम्झौता रद्द गरेको छ।
गाउँपालिकाले २०८२ मंसिर ९ गतेदेखि लागू हुने गरी यी करार कर्मचारीहरूको सेवा सम्झौता औपचारिक रूपमा अन्त्य गरेको जनाएको छ। भू–मापन तथा जग्गा प्रमाण पूर्तिको काम स्थगित भएपछि नगर कार्यपालिकाको मंसिर २० गतेको निर्णयअनुसार यो कदम उठाइएको हो।
यससँगै गाउँपालिकाका विभिन्न वडा क्षेत्रमा बाँकी रहेका नापीजाँच तथा लागत संकलनका काम अब मापदण्डअनुसार सम्बन्धित कर्मचारीको सिफारिस र कार्यपालिकाको स्वीकृतिपछि मात्र अघि बढाइने बकैया गाउँपालिकाले स्पष्ट पारेको छ।

गाउँपालिकाले यस विषयमा स्थानीयवासीलाई आवश्यक जानकारी प्रदान गर्दै आगामी दिनमा नापीजाँच तथा लागत संकलनसम्बन्धी काम विधिसम्बत रूपमा सञ्चालन गरिने जनाएको छ।
