मकवानपुर बसपार्क क्षेत्रमा नाम–थर नखुलेका पुरुष मृत फेला
मकवानपुर ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आज मिति २०८२।०७।३० गते बिहान करिब ८:४५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक मागी–खाई हिँड्दै आएको जस्तो देखिने ३०–३५ वर्षको नाम–थर नखुलेको पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्र.चौकी बसपार्क मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृत भेटिएको स्थान प्रहरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ पर्ने भएकाले घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
