बकैया–५ नं वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता: एकता र प्रगति टोल फाइनलमा
बकैया (मकवानपुर):
बकैया गाउँपालिका वडा नम्बर–५ मा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत एकता टोल विकास समिति र प्रगति टोल विकास समिति फाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा एकता टोल विकास समितिले गितवर टोल विकास समिति माथि पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले जित फाइनल यात्रा तय गर्न सफल भयो।
त्यसैगरी, दोस्रो सेमिफाइनलमा प्रगति टोल विकास समितिले हरियाली टोल विकास समितिमाथि रोमाञ्चक उत्कृष्ट खेल प्रदर्शन गर्दै ३–० गोलअन्तरले विजय हासिल गर्यो। सोहीसँगै प्रगती टोली बिकास समिती फाइनल यात्रा तय गर्न सफल भयो।
प्रतियोगिताको उपाधिका लागि आज शनिबार दिउसो १२ बजे कता टोल विकास समिति र प्रगति टोल विकास समितिबीच रोचक फाइनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
