जीवन विकास लघुवित्तद्वारा वडा स्तरीय फुटबल प्रतियोगितामा २ थान फुटबल हस्तान्तरण
बकैया (मकवानपुर)
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जुनेली बस्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत बकैया गाउँपालिका–५ कर्मचुलीमा भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता का लागि २ थान फुटबल हस्तान्तरण गरेको छ।
स्थानीय खेलकुदको विकास, युवाहरूको प्रतिभा प्रस्फुटन तथा समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको उक्त सहयोगले खेलाडी तथा आयोजकहरू उत्साहित बनेको बताइएको छ।
संस्थाले समुदाय–मैत्री गतिविधिमा निरन्तर साथ दिइरहेको उल्लेख गर्दै शाखाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई समर्थन गर्ने प्रतिवद्धता जनाएकाे छ।
सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गर्दै, संस्थाले खेलकुद र विकासका कार्यक्रमहरूमा आफ्नो योगदान निरन्तर रहने जनाएको छ।
