गाउँपालिकाको सूचना : मौज्दात प्रमाणीकरणका लागि ७ दिनभित्र विवरण बुझाउन आग्रह

बकैया दर्पण संवाददाता
२७ कार्तिक २०८२, बुधबार ०९:५६

बकैया (मकवानपुर) — बकैया गाउँपालिकाले चालु आर्थिक वर्षको मौज्दात प्रमाणीकरण सम्बन्धी सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति २०८२/०५/२० र कार्यालयको मिति २०८२/०७/२५ को निर्णय अनुसार आ.व. २०७९/०८० मा उत्पादन, संकलन तथा बिक्री गरिएको नजीव पदार्थ (नन–लाइभ स्टक) सम्बन्धी विवरण मौज्दात प्रमाणित नगरिएका व्यवसायीहरूलाई ७ दिनभित्र विवरण बुझाउन अनुरोध गरिएको छ।

सूचनामा भनिएको छ कि मौज्दात प्रमाणित नगरेका व्यवसायीहरूले बागमती प्रदेश आर्थिक ऐन, २०८२ बमोजिम राजस्व दाखिला गरी सोको प्रमाणसहित खरिद तथा बिक्रीको यथार्थ विवरण पेश गर्नुपर्नेछ।

बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले जारी गरेको सूचनामा व्यवसायीहरूलाई तोकिएको समयभित्र विवरण बुझाउन अनुरोध गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*