जबरजस्ती करणी मुद्धाका अभियुक्त पक्राउ

बकैया दर्पण संवाददाता
२६ कार्तिक २०८२, मंगलवार १९:२४

मकवानपुर — नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पिडित पक्षले दिएको जाहेरीका आधारमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय ऋषि के.बी.लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले कुनै महिला वा नाबालिकालाई डर र त्रासका कारण जबरजस्ती करणी वा यस्ता जघन्य अपराधका घटनाबारे जानकारी दिन नसकेका भए, गोप्य रूपमा सूचना दिन आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*